अत्यधिक गर्मी बढेपछि वीरगञ्जमा बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

वीरगञ्ज । अत्यधिक गर्मी बढेपछि वीरगञ्जका विद्यालयमा दुई दिन बिहान मात्रै कक्षा सञ्चालन हुने भएको छ। वीरगञ्ज महानगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेकाले महानगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

महानगरपालिकाको शिक्षा महाशाखाले आज सूचना जारी गर्दै विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरी यही साउन २८ र २९ गते विद्यालयमा बिहानको समयमा मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।

“आकस्मिक रूपमा अत्यधिक गर्मी बढेकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै यही साउन २८ र २९ गते अनिवार्य रूपमा बिहानी सत्रमा बिहान ६ः०० बजेदेखि ०९ः३० बजेसम्म सम्पूर्ण विद्यालयले कक्षा सञ्चालन गर्नु गराउनुहुन आदेशानुसार जानकारी गराइन्छ”, महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ।

Related posts