पत्रकार किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

बुधबार राति ललितपुरको कुसुन्तीस्थित आफ्नै निवासबाट पक्राउ परेका श्रेष्ठलाई प्रहरीले बिहीबार म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । प्रहरीका अनुसार वैयक्तिक गोपनीयता हनन् गरेको कसुरमा श्रेष्ठलाई पक्राउ गरिएको हो।

श्रेष्ठ जनआस्था साप्ताहिकका सम्पादक हुन्।

Related posts