पूर्वमन्त्री सोनलले गरे लोसपाको पक्षमा सनाखत

जनकपुरधाम, २१ भदौ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)मा थप एक जना प्रदेश २ का प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । पूर्वमन्त्री जितेन्द्र सोनलले सोमबार प्रदेश निर्वाचन कार्यालय पुगेर लोसपाको पक्षमा हस्ताक्षर गरेका हुन् ।

सोनल लोसपामा सनाखत गरेसँगै २ नम्वर प्रदेशमा लोसपाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १६ पुगेको छ । पार्टी विभाजन अघि जसपासँग ५५ जना सांसद थिए । जसमध्ये १६ जना लोसपामा हस्ताक्षर गरेका छन् भने बाँकी जसपामै रहेका छन् ।

जसपालाई छाड्ेर लोसपामा हस्ताक्षर गर्ने २ नम्वर प्रदेशसभा सदस्यहरुमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अल्का झा, गौरीनारायण साह, जानकीशरण साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह, डा. डिम्पल झा, प्रह्लाद गिरी, रानी शर्मा तिवारी, उपेन्द्र महतो, अभिराम शर्मा र जितेन्द्र सोनल रहेका छन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्ने समय दिएको छ ।

Related posts