नवलपरासी पश्चिम र महोत्तरीमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ

नवलपरासी । नवलपरासी पश्चिम र महोत्तरीमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका- ७ अस्नैया बस्ने २१ वर्षीय दीपक जिसीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनले १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी चौकी बैरागनाथ नवलपरासीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको हो।

यसैगरी महोत्तरीको औरही नगरपालिका- ३ बस्ने ४२ वर्षीय मोमेन्द्र मण्डललाई आइतबार राति प्रहरीले पक्राउ गरिएको छ। मोमेन्द्रले १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा अस्थायी प्रहरी पोस्ट कठुधारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

 

Related posts