सप्तकोशीमा पानीको बहाव २ लाख २९ हजार ६५० क्युसेक, २८ ढोका खुला

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव अहिले पनि उच्च रहेको छ। कोशी ब्यारेजमा साँझ ६ बजेर २० मिनेटमा पानीको बहाव २ लाख २९ हजार ६ सय ५० क्युसेक पुगेको छ।

पानीको बहावको अवस्था स्थिर रहे पनि जोखिम भने कायमै छ। ब्यारेजका २८ वटा ढोका खोलिएका छन्। हाल सप्तकोशीको अवस्था खतरा तहमा रहेको भन्दै नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

पानीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन अनुरोध गरिएको छ।

Related posts