रसुवाका बाढीपीडितलाई बाजुरा कांग्रेसको एक लाख आर्थिक सहयोग

काठमाडौ, भदौ १८ । नेपाली कांग्रेस बाजुराले रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित भएका बाढीपीडितहरूका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विपद्को यस कठिन घडीमा मानवीय सहायता स्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको नेपाली कांग्रेस बाजुराले जनाएको छ ।

​बाढीका कारण रसुवा क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवारहरू विस्थापित हुन पुगेका छन् । पीडित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राहत कोषमार्फत सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा खाता जम्मा गरिएको नेपाली काङ्ग्रेस बाजुराका कोषाध्यक्ष भिमान्द पाण्डेले बताउनुभयो ।

​पार्टीका अनुसार विपद्को समयमा देशभरीका नागरिकहरूबीच आपसी सद्भाव र सहयोगको भावना आवश्यक रहने भएकाले बाजुरा कांग्रेसले आफ्नो तर्फबाट यो सानो सहयोगको हात बढाएको हो। साथै, बाजुरा कांग्रेसले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

Related posts