भोटेकोशी बाढीपीडितका लागि ग्लोबल एकेडेमीद्वारा राहत सहयोग हस्तान्तरण

नवलपरासी,भदौ २५ । भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि ग्लोबल एकेडेमी, बर्दघाट–१०, पश्चिम नवलपरासीले रु. ७५,५५५ (अक्षरेपी: पचहत्तर हजार पाँच सय पचपन्न रुपैयाँ) सहयोग गरेको छ।

विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिका, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारको संयुक्त पहल र सद्भावबाट सो रकम संकलन गरिएको हो । पीडित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै संकलित उक्त सहयोग रकम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।

आपत्‌को यस घडीमा विद्यालय परिवारले सामाजिक उत्तरदायित्व बहन गर्दै गरेको यस किसिमको सहयोगले बाढी प्रभावितहरूको पुनःस्थापनामा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

Related posts