आज सुनको मूल्य तीन हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (आज) छापावाल सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँले बढेर तीन लाख तीन हजार १०० रुपैयाँ कायम भएको छ।

बिहीबार प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँ रहेको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला चार हजार ६२५ रुपैयाँ रहेको चाँदी शुक्रबार १५० रुपैयाँले बढेर चार हजार ७७५ रुपैयाँमा कारोबार हुँदैछ।

Related posts