समरकन्द, उज्बेकिस्तान । उज्बेकिस्तानकोमा जारी ४६औँ चेस ओलम्पियाड तेस्रो चरण नेपालका लागि सुखद् रहन सकेन। महिला तर्फ एन्जल महर्जन र निहाना श्रेष्ठ तथा पुरुष तर्फ सिएम रुपेश जैसवालको बराबरी बाबजुद टिम पराजित हुन पुगेका छन् ।
तेस्रो चरणमा नेपालको महिला टोलीले न्युजिल्यान्डसँग ३–१ को हार बेहोरेको छ। नेपालका लागि एन्जल महर्जनले आधा अंक जोड्दा निहाना श्रेष्ठले पनि आधा अंक हासिल गरिन्।
यस सँगै ब्यक्तिगत रुपमा एन्जलले ३ खेल खेल्दै १.५ अंक, कृतिसरा अधिकारीले २ खेलमा १ अंक, सिन्दिरा जोशीले ३ खेलमा १ अंक र निहानाले २ खेलमा ०.५ अंक बनाएका छन्। पहिलो वोर्डमा न्युजिल्यान्डकी २११४ रेटेड डब्लूआईएम इजाबेल ईशुआन निङ र १६४४ रेटेड एन्जल महर्जन बीचको खेल बराबरीमा सकिएको थियो।
त्यस्तै तेश्रो वोर्डमा १५७५ रेटेड निहाना श्रेष्ठले १९१६ रेटेड डब्लूएफएम नादिया ब्रगान्जा सँग बराबरी खेलिन्।
नेपाली १७४४ रेटेड कृतिसरा अधिकारी १८७४ रेटेड डब्लूएफएम अन्या थर्नरसँग र १५६५ रेटेड सिन्दिरा जोशी १८५२ रेटेड डब्लूएफएम एमिली क्याथे गानसँग पराजित भइन्।

यसैगरी पुरुष प्रतिस्पर्धामा नेपाल च्याम्पियन २१५१ रेटेड सिएम रुपेश जैसवालले अल्बानियाका २३१२ रेटेड आईएम द्रितान मेहमेतिसँग बराबरी खेलेका छन्।
३.५–०.५ को अप्रिय नतिजा स्वीकारेर हार्दै गर्दा न्यूजिल्याण्डका २३८८ रेटेड विरुद्ध नेपाल सिएम पुरुषोत्तम सिलवाल, २२९२ रेटेड सँग हारेका सुश्रुत दाहाल र २२९२ रेटेड सँग हारेका आशिष फुयाँल अर्को खेलका लागि तयारीमा छन्।
एफएम रुपेश जैसवाल १.५ अंक, आशिष् फुयाँल १.५, सिएम सुश्रुत दहाल १ अंक सहित प्रतिस्पर्धामा उपस्थिति देखाउदै छन्।
चौथो चरणमा नेपाली पुरुष टिमले टिमोर लेट्से सँग तथा नेपाली महिला टोलीले दोमिनिकन रिपब्लिका सँग प्रतिस्पर्धा गर्नेछन् ।
यसैबीच नेपाल सहित बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ, भुटानका डेलिगेट्स सम्मिलित अनौपचारिक बैठक बाट दक्षिण एशियाली देशका प्रतिनिधिहरु रहने ३.२ जोनल आगामी फिडे निर्वाचन सम्बन्धि गहन छलफल गरेका छन्।
राजु ताम्राकार
प्रवक्ता
नेपाल बुद्धिचाल महासंघ






