रसुवा बाढीमा बेपत्ता मोहन रोकायाको कुशको शव बनाएर अन्त्येष्टि

बाजुरा, असोज ३ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकी ३२ वर्षीय मोहन रोकायाको खोजी प्रयास असफल भएपछि परिवारले हिन्दू संस्कार अनुसार काँसको प्रतिमा बनाएर अन्तिम संस्कार गरेका छन्। बाजुराको हिमाली गाउँपालिका-६ पाँडी घर भई रसुवाको टिमुरे बजारमा ज्यालादारी गर्दै आइरहेका रोकाया बाढी आएकै दिनदेखि सम्पर्कविहीन भएका थिए ।

बाढीले उनी काम गर्ने टिमुरे बजार पूर्ण रूपमा बगाएको थियो। घटनालगत्तै उद्धार टोली र परिवारले निरन्तर खोजी तथा उद्धारको प्रयास गरे पनि उनको शरीर वा कुनै पहिचान भेटिन सकेन। लामो समयसम्म कुनै अत्तोपत्तो नभएपछि र शरीर प्राप्त हुने सम्भावना नरहेपछि परिवारले मानवीय संवेदना र धार्मिक परम्परा अनुसार कुशको शवका साथ अन्तिम संस्कार गर्ने निर्णय लिएका हुन्।

खोजीकार्यका लागि सबै कोसिस असफल भएपछि पीडाकै बीच काँसको प्रतिमालाई प्रतीक मानेर अन्तिम संस्कार गर्न बाध्य भयौँ।” वैकुण्ठ वासको कामना गर्दै परिवार तथा आफन्तजनले शोक सन्तप्त वातावरणमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

Related posts