सप्तरीको बलानबिहुल गाउँपालिका ठुलो लगानीमा कार्यालय भवन निर्माण

लहान । सप्तरी जिल्लाको कान्छो गाउँपालिका भनेर चिनिने बलानबिहुल गाउँपलिकाले नव निर्मित भवनका लागि ठूलो रकम खर्चेर कार्यपालिका भवन निर्माण गर्दैछ ।

जनताको कामकाजलाई कदर गर्दै सहज बनाउनका लागि भवन निर्माण गरिएको पालिका अध्यक्ष दयान्नद गोइतले जानकारी गराए। नव निर्मित भवनको कुल लागत २ करोड ४८ लाख रहेको छ भने असार १५ गतेबाट ठेक्का लिएका अन्सुमान एण्ड एसोसिएसन प्रा. लि.नाइरा जे. भी. कन्स्ट्रक्सन प्रा. लि. का संचालक अन्सुमान नाइरा जे. भी. माघ सम्ममा सम्पन्न हुने गरी काम गरिएको जानकारी प्राप्त भएको हो ।

गाउँपालिका अध्यक्ष दयान्नद गोइत र उपाध्यक्ष रुबी गुप्ता पालिकामा नमुना र गुणस्तरीय काम भएको बताएका छन। अहिले ४० प्रतिशतको घरमा स्वच्छ खानेपानी, वडाहरुमा आर सी सी ढलान, नमुना विद्यालय, अस्पताल, कृषि जस्ता हरेक पक्षमा सफलता पाइएको उपाध्यक्ष रूबी गुप्ताले आफ्नो बिचार प्रस्तुत गरेकीछिन ।

दुर्गम पालिकाबाट अहिले सुगम पालिका बनाइ दिइएका छन । जस्तोकि शिक्षा, स्वास्थ्य, सडक, कृषि खानेपानी जस्तामा विशेष पहल गरिएको बताउनु भएको छ । पालिकाम जम्मा ६ वटा वडाहरु रहेका छन:- वडा न.१ मलहनिया, २ चनही, ३ मोहा, ४ बेल्ही, ५ रामनगर, ६ रोढर गाउँहरु पर्दछन।

Related posts