ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्ने काठमाडौं महानगरको अभियान

काठमाडौ । काठमाडौं महानगरपालिकाले काठमाडौंका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्ने अभियान थालेको छ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्दै धार्मिक पर्यटकीय सहरको पहिचान दिने अभियानमा लागेको बताएका छन्।

वडा–२१ को इनाखामा अवस्थित गणेश मन्दिरको उद्घाटन गर्दै शाक्यले यस्तो जानकारी दिएका हुन्। ‘काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्रका ३२ वटै वडामा सम्पदा निर्माण–पुनर्निर्माणलाई प्राथमिकता दिएका छ,’ शाक्यले भने, ‘भएका सम्पदाको संरक्षण संवर्द्धन गर्ने र पर्यटनसँग जोड्न मात्रै होइन नयाँ सम्पदा निर्माण अभियानलाई पनि महानगरपालिकाले अघि बढाएको छ।’

प्रमुख शाक्यले काठमाडौं महानगरले सांस्कृतिक सहरको पहिचान बनाएको भन्दै यो पहिचानाई जीवन्त राख्न महानगर लागिपरेको उल्लेख गरे ।

Related posts