महेश यादव
नवलपरासी / २ असाेज । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर -२ सुगाैलिमा बाढीपीडितहरुलाई राहत सामाग्री वितरण गरिएको छ ।बेलायत सरकार र स्टार्ट फन्ड नेपालकाे अार्थिक सहयोग एक्सन एण्ड नेपालकाे प्राविधिक सहयोगमा किर्डाक नेपाली र पाल्हिनन्दन गाउँपालिका र एविसि नेपालकाे सहकार्यमा बाढीपिडितहरुलाई राहत सामाग्री वितरण गरिएको हाे ।

पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) काे प्रमुख आतिथ्यता तथा एविसि नेपालका क्षेत्रीय प्रमुख मनाेज लामिछानेको अध्यक्षतामा बाढीपीडितहरुलाई राहत सामाग्री वितरण गरिएको हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गुप्ताले पाल्हिनन्दन गाउँपालिकावासीहरुकाे सुख दुखमा सदैव साथ सहयोग गर्ने बताए । उहाँले गाउँपालिकावासीहरुकाे समस्यालाई अाफ्नाे समस्या ठानेर कार्य गर्ने र हरेक किसिमका समस्यामा अाफु स्वयं र पालिकाकाे तर्फबाट सहयोग गर्ने बताउनुभयो ।
साथै गाउँपालिकावासीहरुले बाढीबाट खेप्नु पर्ने समस्यालाई मध्यनजर गर्दै समस्या समाधानका लागि विभिन्न योजना बनाएर कार्य गरिरहेकाे बताउदै विभिन्न संघसंस्थाहरुकाे सहयोगमा अाफु स्वयम पहल गरेर राहत सामाग्री वितरण गरिरहेको र पालिकाबाट समेत विभिन्न सामाग्री वितरण गरिएको बताएका थिए । साथै एविसि नेपाल र सहयोगी सम्पूर्ण संघसंस्था तथा किशोर किशोरीहरुलाई समेत धन्यवाद दिनुभएको थियो ।

साे अवसरमा बाेल्दै क्षेत्रीय प्रमुख लामिछानेले पाल्हिनन्दन गाउँपालिका बासिहरुले बाढीबाट खेप्नु परेको समस्यालाई समाधान गर्ने र गाउँपालिका अध्यक्ष साथै विभिन्न संघसंस्था र विदेशी मुलुकहरुकाे समन्वय र पहलमा राहत सामाग्री वितरण गरेको बताए । उहाँले पालिका बासिहरुकाे समस्यालाई अाफु स्वयं महसुस गरेको बताउदै समस्या समाधानका लागि विभिन्न संघसंस्था र दातृ निकायहरुकाे सहयोग र पाल्हिनन्दन गाउँपालिका अध्यक्ष ज्युकाे पहलमा राहत सामाग्री वितरण गरिएको बताउनुभएको थियोे ।

किशोर किशोरीहरुले गरेको तथ्यांक संकलनबाट वडा नम्बर -२ का १०० घरधुरीहरुलाई चामल -३० किलो, मसुराे दाल -५ किलो, नुन -२ किलो, मिक्स गेडागुडी -५ किलो, चिनि-३ किलो, ताेरिकाे तेल -३ किलो, चिउरा -४ किलो, त्रिपाल(डाेरि सहित) १ वटा, बाल्टी -१ वटा, जग्गा २ लिटरको -१ वटा, फिनल (५ लिटर) काे -१ वटा, सेनेटरि प्याड -३ प्याकेट, माक्स -१ प्याकेट, सेनिटाईजर (५००एमएल) काे -१ वटा, लाईफवाय साबुन -५ वटा र थर्मामिटर -१ वटा गरि प्रति घरधुरिलाई राहत सामाग्री वितरण गरिएको हाे ।
साे कार्यक्रममा वडा नम्बर -२ का वडा अध्यक्ष रामनगिना सिंह, पत्रकार सुरेश यादव महेश यादव, एविसि नेपालका सुपरभाइजर राजमन बरई, राजेश आर्या, संजित शर्मा, विष्नु परियार, कृति थापा, एकाउन्टेन्ट उमेश देवकोटा, भाेलेनटियर बन्दना थारु लगायत समाजसेवीहरुकाे उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन किर्डाक नेपालकाे कार्यक्रम संयाेजक विश्वराज लामिछानेले गर्नुभएको थियो ।






