दल विभाजनसम्बन्धी अध्यादेश खारेजपछि सरकारले पुर्णता पाउछ : उपेन्द्र यादव

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद्को विस्तार हुने बताएका छन्।

दल विभाजनसम्बन्धी अध्यादेशले दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने उनले बताए।

उनले सरकारलाई पुर्णता दिनको लागि मन्त्रालय बाँडफाँड हुनुपर्ने बताए । उनले दल सम्बन्धि ल्याएको अध्यादेश खारेज हुने र खारेज हुन साथ मन्त्रिपरिषद्को विस्तार हुने बताए ।

Related posts