चितवन । भरतपुर महानगरपालिका–१६ शिवघाट भङ्गेरी थानस्थित नारायणी नदी किनारमा बुधबार एक पुरुषको शव फेला परेको छ।
नारायणी नदी किनारमा नाम, थर, वतन नखुलेको करिब ३५ वर्षका पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
उक्त घटनाबारे चितवन प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।






