बुद्ध एयरका पाइलट शेर्पालाई विमान चलाउन रोक

काठमाडौं । बुद्ध एयरका पाइलट क्याप्टेन आङ्गेलु शेर्पालाई विमान चलाउन रोक लगाइएको छ। छानविन प्रतिवेदन नआउँदासम्मका लागि उनलाई कम्पनीले ‘ग्राउन्डेड’ गरेको छ।

नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार पाइलटलाई ग्राउन्डेड गरिएको कम्पनीले जनाएको छ। छानविनको रिपोर्ट नआउँदासम्म शेर्पाले आफ्नो लाइसेन्स प्रयोग गर्न नपाउने कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले बताए।

प्राविधिक समस्या देखिएको जहाजलाई सुरक्षित अवतरण गराएको भन्दै उनको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको थियो।

गत सोमबार बिहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमान चक्का नखुलेर अवतरणमा आएको थियो। प्राविधिक समस्या देखिएको भन्दै अहिले उक्त जहाज उडिरहेको छ।

Related posts