पर्बतबाट किशोरीलाई फकाएर भारतमा बेच्न लाने पक्राउ

पर्बत । पर्वतबाट १४ वर्षीया किशोरीलाई फकाएर भारततर्फ बेच्न लाँदै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोदी गाउँपालिका–५ घर भएका २४ वर्षीय सुर्यबहादुर भण्डारी छन्। सुर्यबहादुरले प्रेमको अभिनय गरेर किशोरीलाई नेपाल भारत सिमानाको जोगबनी नाकासम्म लगेको पर्वतका डिएसपी शिवराज बुढाथोकीले बताए।

आरोपीलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत पर्वतबाट म्याद लिएर अनुसन्धान शुरु गरिएको डिएसपी बुढाथोकीले बताए।

Related posts