काठमाण्डाै । दक्षिणकाली नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै आफ्नो नगरपालिकामा देउसी भैलो संचालनमा रोक लगाएको छ।
कोभिड-१९ ले पछिलो समय पारेको प्रभावलाई मध्यनजर गर्दै दक्षिणकाली नगरपालिकाले आफ्नो नगरपालिकामा देउसी भैलो संचालनमारोक लगाएको छ।
पछिल्लो समय दक्षिणकाली नगरपालिकामा कोरोनाको संक्रमण तिब्र रुपले बढिरहेको कारण दक्षिणकाली नगरपालिका बिपद ब्यवस्थापना सिमितीको २०७७-०७-१७ समितीको निर्णय अनुरुप संक्रमण समुदायमा फैलन नदिन आउँदै गरेको दिपावलीमा हुने देउसी भैलो कार्यक्रम संचालन नगर्न हुन सुचना जारी गरेको छ ।






