उपचार खर्च सरकारले व्यहोर्छ भनेका प्रधानमन्त्रीलाई डा. केसीको जवाफ : मेरो आफैँ व्यहोर्छु, नागरिक व्यहोर्नुस्

शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए ।

कोरोना संक्रमणपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैँ व्यहाेर्ने भन्दै सरकारलाई नागरिकप्रतिको कर्तव्य पूरा गर्न आग्रह गरेका छन् ।

शनिबार दिउँसो एक विज्ञप्ति प्रकाशित गर्दै डा. केसीले आफ्नो स्वास्थ्य लाभको कामना गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै आफ्नो उपचार खर्च आफैँ व्यहोर्न जवाफ दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘म कोभिड–१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थलाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। सरकारले मेरो उपचार खर्च व्यहाेर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैँ व्यहाेर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस्।’

Related posts