कैलालीको खुटिया नदीमा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

धनगढी। कैलालीको खुटिया नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

नदीको सतह सतर्कता तह आसपास रहेको तथा माथिल्लो भूभागमा थप वर्षा हुने पूर्वानुमान रहेकाले जलसतह थप बढ्नसक्ने भन्दै सतर्क रहन आग्रह गरिएको हो।

सो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेका नागरिकलाई भोलिसम्म नै उच्च सतर्कता अपनाउन भनिएको छ।

Related posts