महाराजगन्जले पनि बेमौसमी बर्षाकाे कारणले भएको क्षतिकाे विवरण संकलन गर्ने

कपिलवस्तु । कपिलबस्तु जिल्लाको महाराजगंज नगरपालिका पनि बेमौसमी अबिरल बर्षा भएको कारणले कृषकहरुको धन-जन (बाली नाली) क्षति भएको छ । महाराजगंज नगरपालिकाको क्षेत्र अर्न्तगत ९० प्रतिसत धान बाली डुबानमा परि क्षति भएको नगरप्रमुख अब्दुल कलामले जानकरी दिनुभयो ।

नगरपालिकाको जनप्रतिनिधी तथा कर्मचारीहरु संग छलफलमा क्षतिको बिवरण संकलन गरि शिघ्र राहतको लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लुम्बिनी प्रदेश तथा जिल्ला बिपद ब्यवस्थापन समिति संग माग गर्ने निर्णय गरेको नगर प्रमुख कलामले बताउनु भयो ।

Related posts