धनगढी । धनगढीमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्याको आरोप लागेका ९ जना अभियुक्तलाई जन्मकैदको फैसला सुनाइएको छ । कैलालीका जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
जिल्लाको धनगढी उपमहानगर वडा नं १० का २३ वर्षीय रोहित राना(पर्कु), अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नं ११ का २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला न्यायाधीश पनेरूले जानकारी दिए ।
न्यायाधीश पनेरुका अनुसार अर्का अभियुक्त राजिव गुप्ताले भने सफाई पाएका छन् । उनीहरूलाई अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्नता रहेको आरोपमा पक्राउ गरिएको थियो ।
उनीहरुले नेपालबाट भारत अवैध सामान ओसारपसार गर्ने क्रममा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेका थिए ।






