भोलि ३ बजेसम्म बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको दाबी पेश गर्न आह्वान

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यको राजिनामा पश्चात प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।

शर्माले भोलि (बिहीबार) अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा बुझाएकी थिइन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई आफ्नो दाबी पेश गर्न भनिएको छ ।

photo 2021 10 27 04 27 07

Related posts