दार्चुला । दार्चुलामा ३१ जनामा क्षयरोग देखिएको छ। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाका ६ वटा स्थानीय तहका ३१ जनामा क्षयरोग देखिएको हो।
जसमा नौगाड गाउँपालिकाका १० जना, महाकाली नगरपालिका र मार्मा गाउँपालिकाका ६/६ जना, शैल्यशिखर नगरपालिकाका ४ जना, व्यास गाउँपालिकाका ३ जना र दुहुँ गाउँपालिकाका २ जनामा क्षयरोग देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले बताए।
यी मध्ये २१ जना पुरुष रहेका छन्। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १० जना महिलासहित ३१ जनामा क्षयरोग देखा परेको बताइएको छ।






