प्रधानसेनापति शर्मा कात्तिक २३ गते भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्माले यही कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमण गर्ने भएका छन्।

भारतका सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा उनले भारत भ्रमण गर्न लागेका हुन्। भारत भ्रमणका क्रममा उनलाई भारतीय राष्ट्रपतिबाट मानार्थ महारथी दर्जाबाट सम्मानित गरिने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

महारथी शर्माले आफ्ना समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका विभिन्न अङ्गका प्रमुखसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ।

Related posts