भाइटीकाको साइत बिहान ११ बजेर २ मिनेटमा

काठमाडौं । यो वर्ष भाइटीकाको साइत बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार यस वर्षको भाइटीकाको साइत कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रत्येक वर्ष दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।

Related posts