आज देशभर ३८७ जना संक्रमित थपिए, ४७४ जना संक्रमणमुक्त

काठमाडौ । पछिल्लो २४ घन्टामा देशभर तीन सय ८७ जना संक्रमित थपिएका छन्। पिसिआर र आरडिटी विधिबाट परीक्षण गर्दा नयाँ संक्रमित संख्या थपिएको हो।

सोही अवधिमा ६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घन्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या चार सय ७४ जना रहेको छ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या आठ लाख १५ हजार सात सय ५९ पुगेको छ। त्यसमध्ये सात लाख ९६ हजार सात सय ८० जना निको भएका छन्। कोरोना संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार चार सय ६० पुगेको छ।

Related posts