नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले आज ललितपुरको च्यासलस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा पार्टीको १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत ‘एक सिंगे गैडाले पार्टीको झण्डा बोकेको’ महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् ।

एमाले १०औं राष्ट्रिय महाधिवेशन आयोजक समितिद्वारा लोगो सार्वजनिक कार्यक्रममार्फत पार्टी सदस्यबाट प्रतिव्यक्ति रु १०० रुपैयाँ उठाउन समेत सुरु गरिएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले रु १००० रुपैयाँ हालेर शुल्क उठाउन सुरु गरेको हो ।

Related posts