शिक्षा मन्त्रालयका उपसचिव अर्यालको निधन

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ।

उहाँलाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए।

मन्त्रालयका निमित्त सचिव डा: हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनुपर्दा दुःख लागेको जनाउँदै अर्यालप्रति श्रद्धाञ्जलि र शोककुल परिवारमा समवेदना व्यक्त गर्नुभयो। अर्यालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

Related posts