कैलालीमा टोइटा लेन्ड क्रृजरले ठक्कर दिँद पैदल यात्रीको मृत्यु

धनगढी । कैलालीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको लम्कीचुहा नगरपालिका– १० गुलरास्थित सिमलको रुखनजिक टोइटा लेन्ड क्रृजरले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको हो।

पैदल यात्रीको मृत्यु भएको र मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको काठमाडौं कागेश्वरी नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ५७ का नवराज फुयालले चलाएको प्रदेश ०१–००२ झ ५२८४ नम्बरको टोइटा लेन्ड क्रृजरले उनलाई ठक्कर दिएको हो। चालक र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।

Related posts