धनकुटामा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु

धनकुटा । धनकुटा पाख्रीबास नगरपालिका-८ लुम्बुवा टोलस्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा पाख्रीबास नगरपालिका-७ थाक्लेका २१ वर्षीय टंकबहादुर तामाङ रहेका छन्।

शनिबार दिउँसो साढे दुई बजे पाख्रीबासबाट घामेतर्फ जाँदै गरेको को२त १०४३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरको इन्जिनको भागले च्यापेर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Related posts