जनकपुरधाम । धनुषामा ट्याक्टर दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ । उक्त दुर्घटनामा २८ जना घाइते भएका छन् ।
दुर्घटनामा परी भारत सीतामढी बेला थाना एकरहियाका अम्बिका मण्डल र दामदयाल राय यादवको उपचारको क्रममा ज्यान भएको प्रहरीले जनाएको छ । उनीहरू धनुषा र सिरहाको सीमामा पर्ने कमला नदिको भुत मेला हेर्न तथा स्नान गर्न आउदै गरेका थिए ।
घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनासम्बन्धि थप विवरण आउन बाँकी छ ।






