गाउँपालिका भवन उद्घाटनको लागि प्रधानमन्त्री सुनसरी आउदै

सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार बिहान सुनसरी आउँदै छन्। देवानगञ्ज गाउँपालिकाको भवन उद्घाटनका लागि प्रधानमन्त्री देउवा बिहान ११ बजे हेलिकप्टरबाट आउने कार्यक्रम रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

प्रधानमन्त्री देउवाले गाउँपालिका भवन उद्घाटनसँगै पालिका परिसरमा निर्माण गरिएको बिपी सालिकको पनि अनावरण गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहताले बताए।

Related posts