काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं – ४ रम्भापुरमा ट्रकले ठक्कर दिँदा दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।
भुस बोकेको प्रदेश २-०३००१ ख ४५२४ नम्बरको ट्रकले मंगलबार राति ठक्कर दिँदा स्थानीय दुई जना पैदलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रम्भापुर गैंडाखाल निवासी २६ वर्षीय दुर्गा काफ्ले र सोही ठाउँका ४० वर्षीय टिकानाथ कँवर रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।






