उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसबाट उच्च सतर्कता अपनाउँदै देश विकासमा लाग्नुपर्ने बताए

काठमाण्डाै।
उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसबाट उच्च सतर्कता अपनाउँदै देश विकासमा लाग्नुपर्ने बताएका छन् ।

नेपाल सितोरियो कराते सतुङ्गल डोजोद्वारा आज चन्द्रागिरिमा आयोजित ‘विशिष्ट व्यक्ति सम्मान कार्यक्रम’मा उनले कोरोनाबाट सतर्कता अपनाउँदै युद्धस्तरमा काम गरी देशलाई विकासको बाटोमा अगाडि बढाउनुपर्ने बताउनतर्फ उन्मुख हुँदै विभिन्न क्षेत्रलाई चलायमान बनाउँदै लगेका थिए ।

“देशभर कोरोनाको प्रभाव भएपनि विस्तारै सामान्य जीवपर्छ”, उनले भने । मन्त्री भट्टले कुनै पनि मुलुकको विकासका लागि त्यहाँका जनता स्वस्थ्य हुनुपर्ने बताउँदै जनतालाई स्वस्थ्य बनाउन खेलकूदको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
खेलकूद क्षेत्रमा राज्यले गर्नुपर्ने भूमिकामा केही समस्या भए आगामी दिनमा परिस्कृत गर्दै लैजाने उनको भनाइ थियो ।

चन्द्रागिरी नगरपालिका–१५ का वडाअध्यक्ष उत्तमबहादुर राउतले देशको विकास र समृद्धिका लागि सरकारले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा लगानी गर्नुपर्ने बताए । सतुङ्गल डोजोका मुख्य प्रशिक्षक सागर शाहीले खेलाडीको हितका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।
सोही अवसरमा मन्त्री भट्टले मुलुकको खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरेका थिए ।

Related posts