दशौं महाधिवेशनमा पनि पुन: सचिवमै दोहोरिन योगेश भट्टराईको चाहना

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको दशौं महाधिवेशनमा पुन: सचिवमै दोहोरिन चाहेको बताएका छन् ।

बुधबार महाधिवेशन स्थल, चितवन पुगेका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचिवमा दाबी रहेको बताए । उनले भने, ‘मलाई १५ वर्षको उमेर सुविधा छ, छिटोछिटो धेरै माथि चढियो भने लूँडो खेले जस्तो तल झर्ने सम्भावना हुन्छ ।’

उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली भोलि बिहीबार चितवन आउने सम्भावना छ । नेताहरु आएपछि नेतृत्व चयनबारे समेत छलफल हुने भट्टराईले बताए ।

Related posts