गुण एयरलाइन्सले गर्‍यो चितवन-पोखरा उडान शुरु

भरतपुर । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी गुण एयरलाइन्सिले चितवन-पोखरा उडान सुरु गरेको छ। चितवनमा शुक्रबारदेखि सुरु हुने नेकपा (एमाले)को१०औँ राष्ट्रिय महाधिवेशनकै बेला गुणले यी दुई सहर जोड्ने गरी उडान सुरु गरेको हो।

भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकले विमानस्थलमा बुधबारदेखि भीड बढ्न थालेको बताए। ‘महाधिवेशन नजिकिएसँगै चितवनमा भिआइपी आउने र जाने क्रम बढ्न थालेको छ। विमानस्थलमा पनि भीडभाड बढेको छ,’ उनले भने।

असोज १ गतेदेखि काठमाडौँ-चितवन उडान सुरु गरेको गुण एयरलाइन्सले एमाले महाधिवेशनलाई लक्षित गरी बुधबारदेखि पोखरामा पनि उडान सुरु गरेको हो। गुणले यसअघि काठमाडौँका लागि दैनिक तीनवटा उडान गर्दै आएको थियो।

Related posts