सशस्त्र प्रहरीद्वारा ११५ लिटर अबैध घरेलुु मदिरा बरामद गरि नष्ट

पर्सा । सशस्त्र प्रहरीबल नेपाल सुरक्षा बेस बिरगंजले ११५ लिटर अबैध घरेलुु मदिरा (लोकल रक्सि ) बरामद गरेको छ ।

आज शुक्रबार बेलुकी अन्दाजी ६:१५ बजे जिल्ला पर्सा बि. म. न. पा. वडा न.११ रानिघाटस्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बिरगंजबाट खटिएको आई. डि. न. ९५१८ का सशस्त्र प्रहरी नायब निरीक्षक पान्डव प्रसाद मैनालीको कमान्डले ११५ लिटर घरेलु रक्सी बरामद गरि नष्ट गरिएको हो ।

२ वटा साईकलमा बोरामा प्याकगरि ल्याउदै गरेको ११५ लिटर प्रतिबन्धित घरेलु मदिरा फालि साईकल लिई भागेको हुदा उक्त मदिरा नियन्त्रणमा लिई प्रशासन, पत्रकारको रोहबरमा आजै नष्ट गरिएको स्थानीय पत्रकार राहुल गुप्ताले जानकारी दिनुभयो ।

Related posts