महेश सिंह
सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर २० स्थित रहेको माध्यमिक बिद्यालय गौछाडीमा नयाँ बिद्यालय ब्यबस्थापन समिति गठन गरेको छ।
सम्बन्धित वडाका अध्यक्ष गणेश चौधरी र जनप्रतिनिधि हेमन्त यादव, एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा स्थानीय नेता सत्यनारायण यादव र केहि अभिभावक बुद्धिजिबि नागरिक समाज, जिल्ला शिक्षा कार्यालय सिरहाबाट खटीएको प्रतिनिधीको रोहबरमा बसेको बैठकबाट नयाँ समिति गठन गरेको हो ।
उक्त बैठकबाट अध्यक्षको पद खाली अर्थात थाती राखेर ४ सदस्य समिति गठन गरेका छन् । बिद्यालयमा देखिएको कमिकमजोरीलाई सुधार गर्न र गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन पुरानो समिति बिधटन गरी नयाँ बिद्यालय ब्यबस्थापन समिति गठन गर्न लागेको बिद्यालयका प्रधानाद्य्यापक राजेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो।
उक्त अभिभावक भेला गर्दा बिद्यालयमा बिगत करिब २ बर्ष देखि मान्दै आएका बिद्यालय ब्यबस्थापन समितिका स्थानीय जितन कुमार साह लगायत कुनै पनि कार्यसमितिका पदाअधिकारीलाई कुनै जानकारी नगराई एक्कासी मनोपोली तरिकाले एकाअधिकार प्रयोग गरि र लहान नगरपालिकाको शिक्षा शाखाबाट अभिभावक भेला तत्काल स्थगित गर्न लिखित पत्रको अबहेलना र अपमान गरि बदनियत तरिकाले जोड जबर जस्ती तरिकाले नयाँ समिति गठन गरेको निबर्तमान अध्यक्ष जितन साहले आरोप लगाएका छन्।
नयाँ समिति गठन गर्दा निबर्तमान अध्यक्ष लगायत कार्यसमितिका सदस्यहरुले उक्त नयाँ समिति आफु नमान्ने स्कुलको हाता भित्र नारा जुलुस गर्दै बिरोधमा उत्रेका थिए । बिद्यालय ब्यबस्थापन समिति गठन गर्दा शिक्षा ऐन अनुसार कम्तीमा ५१% प्रतिशत अभिभावक भेला अनिवार्य उपस्थिति हुन्नुपर्ने नियमावलीमा उल्लेख गरेको जितन साहले बताएका थिए।






