बाजुरा । बाजुरामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भने, एकजना घाइते भएका छन् । जिल्लाको बडिमालिका नगरपालिकाको सुवा कादमा आइतबार अटो दुर्घटना भएको हो ।
जिल्ला सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो दुर्घटना हुँदा पूर्वशिक्षक खगेन्द्र पाध्याय र प्रकाश नेपालीको घटनास्थलमै मृत्युु भएको उद्दारमा खटिएका भुपिन्द्र विकले बताए ।
।
अटो सडकबाट दुई सय मिटर तल बुढीगंगा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।






