भरतपुर । चितवनमा एक युवकलाई १८ वर्ष कैद सजाय र डेढ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ। मादकपदार्थ सेवन गरी बालिका बलात्कार गरेको आरोप लागेका जिल्ला अदालत चितवनले सो फैसला गरेको हो ।
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका भरतपुर महानगरपालिका ३ का २६ वर्षका जीवन पाण्डेलाई जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको इजलासले १८ वर्ष कैद हुने फैसला सुनाएको छ।
भरतपुर महानगरपालिका ३ स्थित नगरवन क्षेत्रमा लगी बलात्कार गरेको भनी पीडित बालिकाको तर्फबाट प्रहरीमा उजुरी परेको थियो।






