परीक्षा बोर्डको अध्यक्षका लागि पाँचजना संक्षिप्त सूचीमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँचजनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्रा.डा. घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा.डा. महानन्द चालिसे, डा. महाश्रम शर्मा र प्रा डा. शोभाखर कँडेललाई सो सूचीमा राखिएको छ।

सूचीमा रहेका उम्मेदवारलाई अवधारणापत्र–कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि क्रमशः आगामी पुस १ र २ गते लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा समय निर्धारण गरिएको छ। रासस

Related posts