वीरगंज । नेपाली कांग्रेसका दिगज नेता तथा पुर्व मन्त्री अजय चौरसियाले पार्टीको १४औ महाधिवेशनमा सह-महामन्त्रीको पदमा उम्मेद्बारी दिने बताएका छन। नेपाली कांग्रेसको मधेस प्रदेश समन्वय समितीको संयोजक समेत रहेका चौरसियाले १४औ अधिबेशनमा देउवा गुटबाट उम्मेद्बारी दिने जनाएका छन।
पूर्व मन्त्री समेत रहेका चौरसिया लागातार २ पटकदेखि काँग्रेसको केन्द्रीय सदस्य छन् । पर्सा जिल्लाका चर्चित नेताको रुपमा रहेका उनी युवाहरूमा पनि लोकप्रिय नेताको रुपमा रहेका छन। अहिलेको कांग्रेस पार्टी आउने चुनाबमा एक्लै पर्सा जिल्लामा एक नम्बर पार्टीको रुपमा स्थापित हुने र जनताको लागि दिन रात काम गरेर समग्र जिल्ला बासीको विकासको काममा लागिने उनले बताएका छन। पछिल्लो चुनाबमा गुट बाजिको कारणले कांग्रेसको हार हुन पुगेकोले यो पाली कांग्रेस एक भएर चुनाब लड्ने तथा जित हासिल गर्ने छ उनले भने ।
अहिले उनले एक्लै युवाहरुको सम्भावनाको आसा मर्न दिएका छैन्न, प्रजातन्त्र र विधिको शासनबारे काँग्रेसको नयाँ पुस्तामा जागरण ल्याएका छन। उनले जहिले नेतृत्वलाई प्रश्न गर्ने हिम्मत देखाए र सत्यको पक्षमा सदेव निरन्तर लडिरहे, अरुलाइ पनि पार्टीको विकासको लागि लड्न सिकाए। उनी पार्टीगत रूपमा मात्र सक्षम भएन मन्त्री हुँदाको छोटो कार्यकालमा केही महत्त्वपूर्ण नीतिगत काम साथै जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने दर्जनौँ काम गरे।
संयम, शिष्टाचार, मिजास र साहस नेताका गुण उनमा रहेको उनका सहयोगी तथा कार्यकर्ताले बताउने गरेका छन । उहाँको तर्क र भनाई यति ओजपूर्ण छ कि विरोधीले पनि सोचेर मात्र विरोध गर्ने गरेका छन र अरुले गर्वसाथ समर्थन गर्न सकोस् भन्ने मान्यतालाई आत्मसात गर्दै त्याग, निष्ठा र आदर्शका नेता कुशल संगठन संचालनको गुण हुनुको साथै एक अब्बल शासक रुपमा रहेका छन।
नेपाली काँग्रेसको सह-महामन्त्री पदका लागि मतदान गरिदिनुहुन सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई उनले हार्दिक अनुरोध गरेका छन। काँग्रेसको १२औं र १३औं महाधिवेशनमा दुई पटक केन्द्रिय सदस्य निर्वाचित भएका चौरसिया नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् ।






