काठमाडौं । उद्योगपति एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
आज दिउँसो काठमाडौंको राष्ट्रिय सभागृहमा १४औँ महाधिवेशनका लागि स्थापित कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । चौधरीले मधेसी क्लस्टरको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
उनी नवलपुर–१ बाट मधेसी कोटामा निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका थिए । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज बिहान १० देखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।






