काठमाडौ । जनता समाजवादी पार्टी नेपाल सोलुखुम्बु जिल्लाका ईन्चार्ज तथा केन्द्रीय सदस्य ल्हाक्पा शेर्पाको नेतृत्वमा संघिय सरकारको कार्यालय सिंहदरबारमा जिल्लाको योजना, गतिविधि र बिकासको बारे ध्यानाकर्षण गराएको छ ।
ल्हाक्पा शेर्पाको नेतृत्वमा गएको टोलीमा जसपा सोलुका अध्यक्ष नरेन्द्र मगर, पालिका प्रमुख लगायत सोलुखुम्बु कार्यसमितिका सदस्यहरुको टिमले सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका मन्त्रीहरुलाई मन्त्रालयका कार्यकक्षमा छुट्टा-छुट्टै भेट गरि जिल्लाको गतिविधि, योजना तथा सुझाव मन्त्रीहरु समक्ष राखिएको थियो ।
सोलुखुम्बु जसपाले पछिल्लो समयमा आफ्नो सांगठनिक गतिविधि निरन्तर गरिरहेको छ ।






