मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा । आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा बिहीबार एक जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–८ स्थित डुडाँमारी चोकमा मे ७ प ९८०० नम्बरको मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना हुँदा कन्काई नगरपालिका–८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परेर मोटरसाइकलमा पछाडि सवार कन्काई–८ का २४ वर्षीय विमल सिवा घाइते भएका छन्। दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। रासस

Related posts