पश्चिम नवलपरासीको सरावलमा दुग्गी नाईट क्रिकेट प्रतियोगिताकाे समुदघाटन

सुरेश यादव
नवलपरासी/पुस ०२ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ ललितपुरमा दुग्गी नाईट क्रिकेट प्रतियोगिताकाे एक कार्यक्रमबिच समुद्घाटन गरिएकाे छ । शिव शक्ति युवा क्लब सरावल -४ ललितपुरको आयाेजना तथा ललितपुरका युवा समाजसेवीहरुकाे सहयोगमा सात दिवसीय दुग्गी नाईट क्रिकेट प्रतियाेगिताकाे समुद्घाटन गरिएकाे हाे ।

शिव शक्ति युवा क्लबका अध्यक्ष दिपक कुमार सहानीकाे अध्यक्षता तथा उधाेग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीकाे प्रमुख आतिथ्यतामा समुदघाटन भएकाे हाे । राष्ट्रकाे लागि खुेलकुद स्वास्थ्यकाे लागि खेलकुद मुल नाराका साथ क्रिकेट प्रतियोगिता भएकाे हाे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले युवाहरुकाे प्रतिभा र कलालाई प्रतिस्पर्धात्मक तरिकाबाट प्रतिस्फुटन गराउनकाे लागि यस्ता प्रतियोगिताको आवश्यकता रहेकाे बताउनुभयो ।

साथै यस्ता प्रतियोगिताबाट खेलाडीहरुकाे शारीरिक, मानसिक, स्वास्थ्यलाई समेत कायम राख्ने भएकाे बताउदै उत्कृष्ट खेलाडी उत्पादनमा सहयोग पुग्नेमा जाेड दिनुभयाे । उहाँले ललितपुरका युवा समाजसेवीहरुकाे मनाेभावनालाई कदर गर्दै आफू यस समुदायका खेलाडीहरूलाई हरेक प्रकारको साथ सहयोग गर्ने बताउनुभएको थियाे ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु १५०००/- मेडल र प्रमाणपत्र साथै द्वितीय हुने टिमलाई नगद रु १००००/- मेडल र प्रमाणपत्र दिने क्लबका सचिव माेहम्मद सलिम राईनले जानकारी दिनुभयाे । खेल हरेक दिन साझ ६ बजेबाट खेलाईन्छ भने हरेक खेल ६ ओभरको हुनेछ ।

कार्यक्रममा स्वागत मन्तव्य युवा क्लबका सचिव माेहम्मद सलिम राईनले राख्नु भएकाे थियाे भने सरावल गा.पा. वडा नं ५ का वडा अध्यक्ष दिनेश सहानी, नेकपा एमालेका जिल्ला सदस्य सुखाडी प्रसाद चाैधरी, नेकपा एमाले सरावल गा.पा. संयाेजक सुरेश प्रसाद यादव, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य शुशान्त शर्मा घिमिरे, मधेस मिडिया मिशन नेपाल नवलपरासीका अध्यक्ष सुरेश यादव, पत्रकार महेश यादव लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Related posts