काठमाडौ । गएराती ललितपुरको चापागाउँ – छम्पी जोड्ने फलामे पुल भाँच्चिँदा एक टिपर चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँचिएको हो ।
नख्खुबाट टिकाभैरवतर्फ जाँदै गरेको ना ८ ख ८१९१ नम्बरको टिपरमा पुल भाँच्चिएर ठोक्किँदा चालक गोदावरी – ७ बुरुञ्चुलीका अजय मार्फाकाे ज्यान गएको महानगरीय प्रहरी वृत्त चापागाउँका सई पुरुषोत्तम आचार्यले जानकारी दिए ।
घटनाबाट गम्भीर घाइते भएका मार्फालाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।





