काठमाडौ । नेकपा (माओवादी केन्द्र)को जारी आठौं राष्ट्रिय महाधिवेशनका बाँकी कार्यक्रम सुरु भएको छ। गत आइतबारदेखि सुरु महाधिवेशनले पार्टीको नयाँ नेतृत्व आज चयन गर्ने बताइएको छ।
शुक्रबारको बन्दसत्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन पारित गरेको थियो। साथै बन्दसत्रमा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा परीक्षण आयोगले आ–आफ्नो प्रतिवेदन पनि पेस गरेका थिए।
आज विधान मस्यौदामा उठेका प्रश्नहरुको नेता देव गुरुङले उत्तर दिने कार्यसूची रहेको छ।






