रुकुममा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या

बुटवल । रुकुम पश्चिमका एक युवाले मादक पदार्थ सेवनगरी श्रीमतीको हत्या गरेका छन्। रूकुम पश्चिम बाफिकोट गाउँपालिका–९ स्थित झुला पिपल टोलका दलजीत खनाल (दिपक)ले श्रीमती कमला खड्का (२६ को घाटी थिचेर हत्या गरेका हुन्।

गत शुक्रबार राती रक्सी सेवन गरेर आएका खनालले श्रीमतीको घाटी थिचेर हत्या गरेको रूकुम पश्चिमका प्रहरीले जनाएको छ। उनले सधै रक्सी सेवन गरेर श्रीमतीसँग झगडा गर्नेगरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

श्रीमतीको घाटी थिचेर हत्या गरेपछि आत्महत्या गरेको पुष्टी गराउन मृतकको सल प्रयोग गरेर झुड्याएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। हत्याका आरोपी खनाललाई जिल्ला कारागार म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

Related posts